'चौँरीको गोठ'मा सुरेश र रश्मिको रोमान्स
सारांश
- गायक सोम गुरुङले लोक-पप शैलीमा 'चौँरीको गोठ' नामक नयाँ गीत सार्वजनिक गरेका छन्।
- गीतले नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमको चित्रण गरेको छ, जसमा प्रेमीले प्रेमिकाको फोटो खल्तीमा सजाएर राखेको प्रसङ्ग छ।
- गीतको भिडियोमा सुरेश कोली र रश्मि गुरुङले अभिनय गरेका छन्, जसलाई समन अधिकारीले निर्देशन गरेका छन्।
काठमाडौं । गायक सोम गुरुङले नयाँ गीत 'चौँरीको गोठ' सार्वजनिक गरेका छन् । लोक–पप शैलीमा तयार पारिएको यस गीतले नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमको निकै सुन्दर चित्रण गरेको छ ।
गीतको शब्दमा एउटा प्रेमीले आफ्नो प्रेमिकाको फोटो खल्तीमा सजाएर राखेको र समयसँगै त्यो रङ्गिन फोटो सादा हुँदै गएको प्रसङ्गलाई निकै घतलाग्दो गरी प्रस्तुत गरिएको छ । ‘रङ्गिन फोटो कान्छीको, खल्तीमा राख्दा राख्दै सादा भो...’ भन्ने बोलमार्फत प्रेमीको निष्कपट प्रेम र समर्पणलाई व्यक्त गरिएको छ । गीतमा रमेश दाहालको शब्द, केशव पौडेलको संगीत जुगल डंगोलको संगीत संयोजन छ ।
गीतको भिडियोमा सुरेश कोली र रश्मि गुरुङको अभिनय छ । उनलाई बाल कलाकार काफिया प्रिले साथ दिएका छन् । भिडियोको सुरुवातमै सारङ्गीको मधुर धुन र परम्परागत नेपाली भेसभुसामा सजिएका कलाकारहरूको सामूहिक नृत्यले दर्शकलाई आकर्षित गर्छ । पहाडको थुम्को, हरियाली र स्वच्छ वातावरणले भिडियोलाई निकै जीवन्त बनाएको छ ।
निर्देशन अनुभवी निर्देशक समन अधिकारीले गरेका हुन् । भिडियोमा नेपाली मौलिक कला र संस्कृतिलाई आधुनिक सिनेम्याटिक शैलीमा खिचिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण