नाबालिकालाई स्पामा यौनजन्य कार्यमा लगाउने सञ्चालिकालाई कारागार पठाइयो
सारांश
- नाबालिकालाई स्पामा यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा सञ्चालिका अनिता भण्डारी पुर्पक्षका लागि कारागार चलान भएकी छन्।
- टोखा नगरपालिकामा 'स्पा पार्क' सञ्चालन गर्ने भण्डारीले १६ वर्षीया नाबालिकालाई ललाइफकाइ काममा राखी यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोप छ।
- प्रहरीले अनुगमनका क्रममा नाबालिकाको उद्धार गरेपछि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा भण्डारीमाथि अनुसन्धान सुरु भएको थियो।
काठमाडौँ । नाबालिकालाई ललाइफकाइ स्पामा काममा राखी यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा एक महिला पुर्पक्षका लागि कारागार चलान भएकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मानव बेचबिखन तथा ओसारपसार मुद्दाकी प्रतिवादी सङ्खुवासभाको चैनपुर नगरपालिका–७ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–५ मा बस्ने ४८ वर्षीया अनिता भण्डारी सोमबार पुर्पक्षका लागि कारागार चलान भएकी हुन्।
भण्डारीले टोखामा ‘स्पा पार्क’ सञ्चालन गर्दै आएकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्ने क्रममा १६ वर्षकी एक नाबालिकालाई त्यहाँबाट उद्धार गरेको थियो। ती नाबालिकालाई ललाइफकाइ स्पामा काममा राखेर यौनजन्य क्रियाकलापमा संलग्न गराएको खुलेपछि प्रहरीले भण्डारीलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो।
उद्धार गरिएकी नाम परिवर्तित २६ परिसर (९८) की जाहेरीले दर्ता भएको उक्त मुद्दामा अदालतको आदेशअनुसार प्रतिवादी भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय भएको हो। यस विषयमा थप कानुनी कारबाही अगाडि बढिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण