प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता : पुरुषतर्फ प्रदीप र महिलातर्फ सिभाली च्याम्पियन
सारांश
- प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिताको चौथो संस्करण सम्पन्न भएको छ।
- पुरुष एकलतर्फ प्रदीप खड्का र महिला एकलतर्फ सिभाली गुरुङ च्याम्पियन बनेका छन्।
- प्रतियोगितामा १२ क्लबका २१८ खेलाडीले सहभागिता जनाएका थिए।
काठमाडौँ । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको ‘प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता–२०८३’ को चौथो संस्करण सम्पन्न भएको छ।
प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा मंगलबार प्रतियोगिताको औपचारिक समापन गरिएको हो।

जङ्गी अड्डामा आयोजित विशेष समापन समारोहमा प्रधान सेनापति सिग्देलले प्रतियोगितामा ओभरअल च्याम्पियन हुन सफल त्रिभुवन आर्मी क्लबलाई ट्रफी प्रदान गरे। यसैगरी पुरुष एकलतर्फका विजेता प्रदीप खड्का र महिला एकलतर्फकी विजेता सिभाली गुरुङलाई पनि सोही अवसरमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरियो। समापन समारोहमा प्रतियोगिताका विभिन्न १३ वटा विधाहरूमा उत्कृष्ट प्रदर्शन गर्ने अन्य खेलाडीहरूलाई समेत पुरस्कार वितरण गरिएको छ।

गत जेठ ४ गतेदेखि सुरु भएको यस प्रतियोगिताका खेलहरू जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएका थिए। यसपटकको संस्करणमा विभिन्न १२ वटा क्लबका २१८ जना खेलाडीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण