संसद् बैठक
विपक्षी दलहरूलाई पेलेरै अगाडि बढे सभामुख
मङ्गलबार, १२ जेठ २०८३, १५ : ०८
सारांश
- सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको विरोधका बाबजूद पर्यटन विधेयक २०८२ पेस गर्न दिएका छन्।
- विपक्षी दलहरूले प्रधानमन्त्रीको संसद्मा उपस्थितिको माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।
- विपक्षी दलहरूले प्रधानमन्त्री नआएसम्म संसद्को कारबाही अगाडि नबढाउन माग गरेका छन्।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल विपक्षी दलहरूलाई पेलेरै अगाडि बढेका छन् ।
मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू उठेर विरोध गरिरहँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेस पौडेललाई पर्यटन विधेयक २०८२ पेस गर्न दिएका हुन्।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको संसद्मा खोजी गरिरहेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण