गुजरातलाई ९२ रनले हराउँदै साबिक विजेता बेंग्लुरु आईपीएलको फाइनलमा
सारांश
- रोयल च्यालेन्जर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।
- पहिले ब्याटिङ गरेको बेंग्लुरुले निर्धारित ओभरमा २५४ रनको विशाल योगफल तयार पार्दै गुजरातसामु २५५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो।
- २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात टाइटन्स १९।३ ओभरमा मात्र १६२ रनमा समेटिएपछि बेंग्लुरु ५२ रनले विजयी भयो।
काठमाडौ । रोयल च्यालेन्जर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मङ्गलबार धर्मशालामा भएको महत्त्वपूर्ण खेलमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै साबिक विजेता बेंग्लुरुले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पहिले ब्याटिङ गरेको बेंग्लुरुले निर्धारित ओभरमा २५४ रनको विशाल योगफल तयार पार्दै गुजरातसामु २५५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । यो स्कोर आईपीएलको नकआउट वा प्लेअफ चरणको इतिहासकै सबैभन्दा उच्च स्कोर हो । यसअघि यो कीर्तिमान सन् २०२३ मा मुम्बई इन्डियन्स विरुद्ध २३३ रन बनाउँदै गुजरात टाइटन्सले नै राखेको थियो ।
बेंग्लुरुका लागि कप्तान रजत पाटीदारले उत्कृष्ट र आक्रामक ब्याटिङ गर्दै मात्र ३३ बलमा ९३ रनको अविजित योगदान दिए। उनको पारीमा ५ चौका र ९ छक्का सामेल थिए। यस्तै विराट कोहली र क्रुणाल पाण्ड्याले समान ४३–४३ रन जोडे भने देवदत्त पाडिक्कलले ३० र ओपनर बेंकेटेस अय्यरले १९ रनको योगदान दिए ।
२५५ रनको कठिन लक्ष्य पछ्याएको गुजरात टाइटन्स १९.३ ओभरमा मात्र १६२ रनमा समेटियो । गुजरातका लागि राहुल तेवाटियाले ४३ बलमा ६८ रनको सान्त्वनादायी पारी खेले पनि अन्य ब्याटर चल्न सकेनन् । जोस बटलरले ११ बलमा २९ रन र साई सुदर्शनले ९ बलमा १४ रन मात्र बनाउन सके ।
बेंग्लुरुलाई जित दिलाउन बलर ज्याकोब डफीले घातक बलिङ गर्दै ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, ब्याटिङमा चम्किएका क्रुणाल पाण्ड्याले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ३.३ ओभरमा मात्र १६ रन दिएर २ विकेट झारे । रसिक सलामले पनि २ विकेट हात पारे ।
यो जितसँगै बेंग्लुरु सीधै फाइनलमा प्रवेश गरेको छ । पराजित भएको गुजरातले भने फाइनल पुग्नका लागि बुधबार हुने सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
सन् २०२५ को सिजनमा पञ्जावलाई ६ रनले हराउँदै पहिलोपटक उपाधि जितेको बेंग्लुरु यसअघि २००९, २०११ र २०१६ मा पनि फाइनल पुगेको थियो। गत सिजन मात्र उपाधि हात पारेको बेंग्लुरु यसपटक पुनः उपाधि रक्षा गर्ने दाउमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण