आर्थिक सर्वेक्षण
४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ वटा घाटामा
बुधबार, १३ जेठ २०८३, १४ : ०३
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ नोक्सानीमा र २ बन्द अवस्थामा रहेका छन् ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणमा यो तथ्यांक उल्लेख छ ।
- सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड रहेको छ ।
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा रहेका छन् भने १६ नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका छन् ।
बुधवार अर्थमन्त्री अर्थमन्त्री डा.स्वर्णिम वाग्ले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणमा यस्तो उल्लेख गरिएको छ ।
अघिल्लो आर्थिक वर्षमा २८ वटा नाफामा, १५ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका थिए ।
२०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड गरी कुल ७ खर्ब ९८ अर्ब ५६ करोड रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण