मल खरिद प्रक्रिया अगाडि बढाउन सरकारलाई कृषि समितिको ध्यानाकर्षण
सारांश
- प्रतिनिधिसभाको कृषि समितिले किसानलाई पर्याप्त मल उपलब्ध गराउन तत्काल मल खरिद प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
- समितिले असार १५ अगावै किसानको माग बमोजिम पर्याप्त मलको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
- समितिका सभापतिले मल आपूर्ति सहज बनाउन कृषि सामग्री कम्पनी लिमिटेडले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले किसानले पर्याप्त मल पाउने गरी तत्काल आवश्यक मल खरिद प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरूले कुनै बहानामा किसानलाई मलको अभाव हुन नहुने धारणा राखेपछि समितिले किसानको माग बमोजिम असार १५ अगावै पर्याप्त मलको व्यवस्था हुने गरी तयारी गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
समितिका सभापति अशोककुमार चौधरीले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेडले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । मल आपूर्ति तथा अनुगमन उपसमिति गठन गरी मलको आपूर्तिका लागि सहजीकरण गर्ने उल्लेख गरे । पर्याप्त बजेटको व्यवस्था गरेर भएपनि असारभित्र पर्याप्त मल आपूर्ति गर्नुपर्ने उनको भनाइ छ ।
बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले मल खरिद तथा वितरणमा सरकारी निकाय पारदर्शी रहेको बताए । उनले मन्त्रालय मातहतका गोदामहरूको अनुगमन गरी मलका विषयमा देखिएका समस्या समाधानका लागि भूमिका खेल्न समितिलाई आग्रह गरे । उनले सिंहदरबारबाट मलको कोटा निर्धारण गरेर सम्भव नहुने भन्दै यसका लागि स्थानीय तहलाई जबाफदेही बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै बैठकमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले सार्वजनिक खरिद नियमावलीमा भएको व्यवस्था अनुसार मल खरिद प्रक्रियामा धेरै समय लाग्ने गरेकाले मल आपूर्ति गर्न कठिनाइ भएको बताए ।
उनले मलखाद बफर स्टकका रूपमा भण्डारण गर्नका लागि बजेटको अभाव रहेको गुनासो गरे । समिति सदस्यहरुले रासायनिक मलको विकल्पको खोजीमा लाग्नुपर्ने सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण