मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपालमा हजार जनालाई जम्मा २ डाक्टर, ४ नर्स

बुधबार, १३ जेठ २०८३, १५ : ०८
बुधबार, १३ जेठ २०८३

सारांश

  • आर्थिक सर्वेक्षणले नेपालमा प्रति हजार जनसंख्यामा १.८६ जना चिकित्सक र ४.४२ जना नर्स रहेको देखाएको छ।
  • देशभर ८ हजार ९ सय ७६ सरकारी स्वास्थ्य संस्थाहरू सञ्चालनमा छन् र १८ हजार ६ सय ४० अस्पताल शैय्याहरू उपलब्ध छन्।
  • स्थानीय तहमा गुणस्तरीय सेवा पुर्याउन ५, १० र १५ शैय्याका १२१ आधारभूत अस्पताल निर्माण सम्पन्न भएका छन् भने ३१४ वटा निर्माणाधीन छन्।

काठमाडौँ । आर्थिक सर्वेक्षणले नेपालको जनसंख्यामा चिकित्सकको अनुपात कमजोर देखाएकाे‍ छ । बुधबार सार्वजनिक चालु आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण अनुसार प्रति हजार जनसंख्यामा चिकित्सकको अनुपात १.८६ र नर्सको अनुपात ४.४२ पुगेको देखाएको छ। 

पूर्वाधारतर्फ देशभर कुल ८ हजार ९ सय ७६ सरकारी स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहेका छन् भने १८ हजार ६ सय ४० अस्पताल शैय्याहरू उपलब्ध छन् । 

सर्वेक्षण अनुसार स्थानीय तहमा गुणस्तरीय सेवा पुर्‍याउन ५, १० र १५ शैय्याका १२१ वटा आधारभूत अस्पतालको निर्माण सम्पन्न भएको छ भने थप ३१४ वटा अस्पतालहरू निर्माणाधीन अवस्थामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप