आठ विश्वविद्यालयमा उपकुलपति बन्न आवेदन दिने यी उम्मेदवारको दरखास्त स्वीकृत (सूचीसहित)
सारांश
- शिक्षा तथा खेलकुद मन्त्रालयले आठ विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाउँदै योग्य दरखास्त स्वीकृत गरेको छ ।
- कार्यविधिअनुसार २१८ आवेदनमध्ये योग्य ठहरिएका उम्मेदवारहरूको दरखास्त स्वीकृत गरिएको हो ।
- अब स्वीकृत उम्मेदवारहरूको थप मूल्याङ्कन, प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि उपयुक्त व्यक्तिको नाम कुलपतिसमक्ष सिफारिस गरिनेछ ।
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले देशका आठ विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउँदै प्राप्त आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरेकाे छ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम प्रकाशित आह्वानमा परेका २१८ आवेदनमध्ये कार्यविधिअनुसार योग्य ठहरिएका उम्मेदवारहरूको दरखास्त स्वीकृत गरिएको हो।
उपकुलपति सिफारिस प्रक्रिया अघि बढाइएका विश्वविद्यालयहरूमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय रहेका छन्।
सिफारिस समितिकाे आज बसेको बैठकले विश्वविद्यालयगत रूपमा योग्य देखिएका व्यक्तिहरूको आवेदन स्वीकृत गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण