उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार
गोरखा । उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । धार्चे गाउँपालिका–२ केरौँजाकी सुत्केरी विमला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूतिगृह पुर्याइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
चौबीस वर्षकी विकलाई सुत्केरी हुँदाको गम्भीर बिरामी (इक्लामसिया) भएकाले उद्धार गरिएको सप्रजिअ शर्माले जानकारी दिए । विक १३ दिनअघि सुत्केरी भएकी थिइन् । तर आज बिहान एक्कासि बिरामी भएर ढलेको र तत्काल सघन उपचारको खाँचो परेकाले उद्धार गर्नुपरेको धार्चे स्वास्थ्य शाखाका अमृत घलेले जानकारी दिए ।
“यो अवस्थामा तत्काल आइसियुमा राखेर उपचार नगरे ज्यान जाने जोखिम भएकाले दिउँसो २ः०० बजेतिर हेलिकोप्टरमा उद्धार गरी काठमाडौँ पुर्याइएको हो”, उनले भने, “अहिले सुत्केरीको अवस्था गम्भीर नै छ । केरौंजा स्वास्थ्यचौकीबाट एकजना स्वास्थ्यकर्मी र बिरामी कुरुवा पनि सोही हेलिकोप्टरमा पठाएका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण