त्याग र भाइचाराको पर्व बकर ईदले सामाजिक सद्भाव बलियो बनाउने प्रचण्डको विश्वास
बिहीबार, १४ जेठ २०८३, ०९ : ३३
सारांश
- नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले बकर ईदको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
- उनले बकर ईद त्याग, सद्भाव, मानवता र आपसी भाइचाराको प्रतीक भएको उल्लेख गर्दै यसले समाजमा सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरे।
- प्रचण्डले यस पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन प्रेरणा प्रदान गर्ने कामना गरेका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्लिम समुदायको महान् चाड बकर ईद (ईद-उल-अधा) को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
चाडको पावन अवसरमा एक शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले बकर ईद त्याग, सद्भाव, मानवता र आपसी भाइचाराको प्रतीक रहेको उल्लेख गर्दै यसले समाजमा सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरे।
आफ्नो सन्देशमा प्रचण्डले विविधतायुक्त नेपाली समाजको सुन्दरता नै आपसी सद्भाव र एकता रहेको कुरामा जोड दिएका छन्। उनले त्याग र समर्पणको सन्देश दिने यस महान् पर्वले समग्र नेपाली समाजमा धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई अझ बढी बलियो र सुदृढ बनाउन महत्वपूर्ण प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण