सामसुङ नेपालद्वारा ‘अपग्रेड टु ग्यालेक्सी’ योजना सार्वजनिक, आकर्षक छुट र फाइनान्सिङ सुविधा
काठमाडौं । सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ नामक विशेष एक्सचेन्ज अभियान सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर सामसुङको नवीनतम ग्यालेक्सी स्मार्टफोनहरूमा सहजै अपग्रेड गर्न सक्नेछन् ।
अभियानमा सहभागी हुने ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको सरल ईएमआई सुविधाका साथै अधिकतम ८ हजार रुपैयाँसम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् ।
कम्पनीले नयाँ सार्वजनिक ग्यालेक्सी एस२६ सिरिज र ए सिरिजका स्मार्टफोनहरूमा आकर्षक छुटको व्यवस्था गरेको छ । जसअनुसार ग्यालेक्सी S26+ मा २३ हजार रुपैयाँ तथा एस२६ अल्ट्रा र एस२६ मा १० हजार रुपैयाँ निश्चित छुट उपलब्ध गराइएको छ ।
त्यस्तै, ग्यालेक्सी ए५७ र ए३७ मोडलमा ग्राहकले ५ हजार रुपैयाँ छुट र ५ हजार रुपैयाँ नै एक्सचेन्ज बोनस पाउनेछन् । यो अफरमा एनसेलका प्रयोगकर्ताहरूका लागि १८० जीबीसम्मको बोनस डेटा सुविधा समेत समावेश गरिएको छ ।
मे २७ देखि जुन ३० सम्म चल्ने यो सीमित अवधिको योजना देशभरका आधिकारिक सामसुङ स्टोर र पार्टनर आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण