अनेमसंघकी केन्द्रीय सदस्य सापकोटाले छाडिन् एमाले
बिहीबार, १४ जेठ २०८३, १२ : ०३
सारांश
- नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गरेकी छन् ।
- सापकोटाले फेसबुकमा राजीनामापत्र राख्दै पार्टी छोडेको जानकारी दिएकी छन् ।
- उनले १५ वर्ष एमालेमा बिताएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी छन् ।
बारा । नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गरेकी छन् । सापकोटाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा राजीनामापत्र राख्दै सो कुराको जानकारी दिएकी छन् ।
एमाले जिल्ला कमिटी बाराकी सदस्य समेत रहेकी उनले १५ वर्षदेखि एमालेमार्फत देश र जनताको सेवा गरेको र सो अभियानमा साथ दिने सबैप्रति आभार प्रकट गरेकी छन् । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको परिचयपत्र समेत सार्वजनिक गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण