‘तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता’ सुरु
सारांश
- तेन्जिङ नोर्गे शेर्पाको योगदानको कदर गर्दै तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता सुरु भएको छ ।
- नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा ठमेलस्थित एस्ट्रेक क्लाइम्बिङ सेन्टरमा प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको हो ।
- प्रतियोगितामा पहिलोपटक लिड क्लाइम्बिङ विधा थपिएको छ र यसमा २७ पुरुष र ११ महिला खेलाडीले भाग लिएका छन् ।
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाले नेपाली पर्वतारोहण क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै ‘तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता’ सुरु भएको छ ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर बिहीबारदेखि ठमेलस्थित ‘एस्ट्रेक क्लाइम्बिङ सेन्टर’मा तेस्रो संस्करणको ‘तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता’ सुरु भएको हो ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घका अध्यक्ष तुलसिङ गुरुङले पर्वतारोहण खेलको प्रवर्द्धन तथा नेपालको साहसिक पर्यटनलाई उकास्ने मुख्य उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल तथा विदेशी आरोहीको सहभागिता रहेको छ ।
अध्यक्ष गुरुङले प्रतियोगिताले नेपालमा साहसिक आरोहण खेलको प्रवर्द्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गरेको बताए । “यस वर्षको प्रतियोगितामा पहिलोपटक लिड क्लाइम्बिङ विधामा आरोहीले प्रतिस्पर्धा गर्नेछन्, अघिल्ला दुई संस्करण भने टप–रोप क्लाइम्बिङमा मात्र सीमित थिए”, उनले भने ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा २७ पुरुष र ११ महिला खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय खेलाडीले क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार प्राप्त गर्नेछन् । तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा सुरु गरिएको उक्त प्रतियोगिता सन् १९५३ मे २९ मा सर एड्मण्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताले नेपालमा विकसित हुँदै गएको साहसिक आरोहण खेल संस्कृतिलाई थप प्रवर्द्धन गर्नुका साथै युवा पुस्तालाई साहसिक खेल तथा पर्वतारोहणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण