आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँ: पूर्वराष्ट्रपति भण्डारी
सारांश
- पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्रका मूल्य मान्यतालाई परिपक्व बनाउन आह्वान गरिन्।
- उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुट्न सबैलाई आग्रह गरिन्।
- गणतन्त्रले नागरिकको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउनुपर्ने उनले बताइन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गरेकी छन् ।
१९औँ गणतन्त्र दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले भनिन्, “गणतन्त्र दिवसको यस सुखद अवसरमा म राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल र आमनागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरूलाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्दछु ।”
हाम्रो राष्ट्रिय लक्ष्य अब सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।
नेपालको राजनीतिक इतिहासमा जेठ १५ गते एक गौरवशाली र अविस्मरणीय दिन भएको उल्लेख गर्दै उनले यस गौरवमय दिनको पृष्ठभूमिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् । साथै, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा नेतृत्व प्रदान गर्नुहुने आदरणीय अग्रजहरूप्रति उच्च सम्मान पनि व्यक्त गरेकी छन् ।
उनले भनिन् , “गणतन्त्रको स्थापना केवल व्यवस्था परिवर्तन मात्र होइन, यो त नेपाली जनताको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने र राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने एउटा माध्यम हो, गणतन्त्रको वास्तविक सुन्दरता र सार्थकता तब मात्र झल्किन्छ, जब समाजको किनारामा रहेका विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले पनि ‘राज्य मेरो सहारा हो’ र ‘म यो देशको सम्मानित नागरिक हुँ’ भन्ने अनुभूति गर्न पाउँछन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण