समन्यायिक वितरणले गणतन्त्रलाई सुदृढ बनाउन सकिन्छ : प्रदेश प्रमुख देवकोटा
शुक्रबार, १५ जेठ २०८३, १२ : ०९
हेटाैँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आमनागरिकको सहज पहुँच र राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले नै गणतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश गणतन्त्र मूलसमारोह समितिद्वारा आज आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट मुलुकको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व भएको बताए ।
गणतन्त्र दिवसले सबैलाई आपसी सद्भाव, भ्रातृत्व र एकताको सूत्रमा बाँध्न थप ऊर्जा र प्रेरणा मिलोस् भनी कामना गर्दै प्रदेश प्रमुख देवकोटाले गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण