विश्वको सबैभन्दा मूल्यवान् एआई स्टार्टअप बन्यो एन्थ्रोपिक
सारांश
- अमेरिकी एआई कम्पनी एन्थ्रोपिक ६५ अर्ब डलर लगानी जुटाएर विश्वको सबैभन्दा मूल्यवान् एआई स्टार्टअप बनेको छ ।
- नयाँ लगानीपछि कम्पनीको मूल्याङ्कन ९६५ अर्ब डलर पुगेको छ, जसले च्याटजिपिट निर्माता ओपनएआईलाई उछिनेको छ ।
- कम्पनीले क्लाउडे नामक च्याटबोट सार्वजनिक गरेको छ र यसको नयाँ संस्करण 'ओपस ४.८' पनि सार्वजनिक गरेको छ ।
क्यालिफोर्निया । अमेरिकी एआई कम्पनी एन्थ्रोपिक विश्वको सबैभन्दा मूल्यवान् कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप बन्न सफल भएको छ । घरेलु एआई कम्पनी ओपनएआईलाई पछि पार्दै एन्थ्रोपिक विश्वकै सबैभन्दा मूल्यवान् कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप बनेको हो । कम्पनीले क्लाउडे नामक च्याटबोट बनाएको छ ।
निजी लगानीकर्ताबाट ६५ अर्ब डलर लगानी जुटाएको घोषणा बिहीबार एन्थ्रोपिकले गरेको छ । नयाँ लगानीपछि कम्पनीको मूल्याङ्कन ९६५ अर्ब डलर पुगेको बताइएको छ । यो लगानी चरणको नेतृत्व अल्टिमिटर क्यापिटल, ग्रिनोक्स, ड्र्यागनर र सेक्वोइया क्यापिटलले गरेका थिए । यससँगै एन्थ्रोपिकले बजार पुँजीकरणको मामिलामा च्याटजिपिट निर्माता ओपनएआईलाई उछिनेको छ । मार्चमा सकिएको लगानी संकलनको पछिल्लो चरणमा ओपनएआईको मूल्याङ्कन ८५२ अर्ब डलर पुगेको थियो ।
एन्थ्रोपिकका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेईको नेतृत्वमा कम्पनीले एआई क्षेत्रमा तीव्र विस्तार गरिरहेको छ । कम्पनीका प्रमुख वित्तीय अधिकृत कृष्णा रावले नयाँ लगानीले अनुसन्धान विस्तार गर्न र क्लाउडेलाई अझ धेरै कार्यस्थलमा पुर्याउन सहयोग गर्ने बताएका छन् । सन २०२१ मा ओपनएआईका पूर्व अनुसन्धानकर्ताहरूले स्थापना गरेको एन्थ्रोपिक सिलिकन भ्यालीमा एआई क्षेत्रमा अग्रणी कम्पनीमध्ये एक बनेको छ। कम्पनीको क्लाउडे च्याटबोट सन २०२३ मा सार्वजनिक गरिएको थियो र अहिले विश्वका लोकप्रिय एआई मोडेलमध्ये एक मानिन्छ । मार्चमा कम्पनीले क्लाउडेमा दैनिक १० लाखभन्दा बढी नयाँ प्रयोगकर्ता दर्ता भइरहेको जनाएको थियो ।
यद्यपि तीव्र सफलतासँगै एन्थ्रोपिकले केही चुनौती पनि सामना गरिरहेको छ । विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग कम्पनीको विवाद चर्चामा छ । अमेरिकी प्रशासनले सैन्य प्रयोजनका लागि आफ्ना उपकरणहरूमा पूर्ण पहुँच नदिएको भन्दै एन्थ्रोपिकलाई सप्लाइ चेन जोखिम गाेष्टि गरेको थियो । यसैबिच, एन्थ्रोपिकले क्लाउडेको नयाँ संस्करण ‘ओपस ४.८’ पनि सार्वजनिक गरेको छ । कम्पनीले यसलाई अघिल्लो संस्करणको तुलनामा सामान्य तर स्पष्ट सुधार भएको बताएको छ ।
विश्लेषकहरूका अनुसार एन्थ्रोपिक, ओपनएआई तथा स्पेशएक्स निकट भविष्यमा शेयर बजारमा सूचीकृत हुनसक्ने कम्पनीहरू हुन्, जसले इतिहासकै ठुला आइपीओहरूमध्ये स्थान पाउन सक्ने अनुमान गरिएको छ । एन्थ्रोपिकले सफ्टवेयर कोडिङ क्षेत्रमा क्लाउडेको व्यापक प्रयोगका कारण ठुलो बजार उत्साह सिर्जना गरेको फ्लोरिडा विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक जे आर रिटरले बताएका छन् । उनका अनुसार एआई क्षेत्रमा केही सफल कम्पनीहरूले अत्यन्त ठुलो नाफा कमाउन सक्ने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण