सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

विश्वकप नजिकिँदै गर्दा अमेरिकी भिसाको प्रतीक्षामा इरानी फुटबल टोली

शुक्रबार, १५ जेठ २०८३, १५ : ४६
शुक्रबार, १५ जेठ २०८३

मेक्सिको सिटी । फिफा विश्व कप २०२६ सुरु हुन अब १३ दिन मात्रै बाँकी छ ।

प्रतियोगिता नजिकिँदै गर्दा इरानको राष्ट्रिय फुटबल टोलीले भने अझै पनि अमेरिका प्रवेशका लागि आवश्यक भिसा प्राप्त गर्न सकेको छैन । अमेरिकामा हुने खेलहरूका लागि टोली अझै अनिश्चित अवस्थामा रहेको इरानका मेक्सिकोस्थित राजदूत अबुल फजल पसनदीदेहले बताएका छन् ।

उनका अनुसार इरानलाई प्रतियोगितामा समान अवस्थामै प्रतिस्पर्धा गर्न नदिइएको जस्तो अवस्था देखिएको छ । खेलाडीहरूको भिसा स्वीकृत हुने वा नहुनेबारे अमेरिकी पक्षले स्पष्ट जानकारी नदिएको उनले बताए । टोलीले पहिले अमेरिकास्थित एरिजोनाको टक्सनमा प्रशिक्षण शिविर राख्ने योजना बनाएको थियो, तर अहिले उनीहरू मेक्सिकोको उत्तरी–पश्चिमी सीमा शहर तिजुआनामा सारिएको छ ।

इरानले विश्वकपमा लस एन्जलसमा न्यूजिल्यान्डविरुद्ध १५ जुन र बेल्जियमविरुद्धर २१ जुनमा खेल्दैछ ।

सीएटलमा इजिप्टविरुद्ध २६ जुनमा खेल्ने तालिका रहेको छ । तर भिसा प्रक्रिया ढिलाइले टोलीको तयारी र प्रतियोगितामा सहभागिताबारे अनिश्चितता बढाएको छ । अहिलेसम्म इरान राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूका लागि अमेरिकी भिसा अनुमोदन भएको छैन, जसले विश्वकप सुरु हुनु अघि नै कूटनीतिक र खेलकुद दुवै स्तरमा तनाव सिर्जना गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप