बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
नेकपा एमाले

यस्तो छ एमालेका २९९ केन्द्रीय सदस्यको जिम्मेवारी, कसले कहाँको जिम्मेवारी पाए ? (सूचीसहित)

शुक्रबार, १५ जेठ २०८३, २२ : ५७
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • नेकपा (एमाले) ले पार्टीका २९९ केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ ।
  • पार्टीले 'मिसन पार्टी जागरण' अभियानलाई तीव्र बनाउने नयाँ रणनीति सार्वजनिक गरेको हो ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् भने महासचिव शंकर पोखरेललाई सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ ।

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका २९९  केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ ।  

पार्टीको पछिल्लो ‘अन्तर पार्टी निर्देशन–२’ मार्फत एमालेले केन्द्रदेखि पालिका तहसम्मै नेताहरूको जिम्मेवारी बाँडफाँट गर्दै ‘मिसन पार्टी जागरण’ अभियानलाई तीव्र बनाउने नयाँ रणनीति सार्वजनिक गरेको हो ।

एमालेले आगामी निर्वाचन र पार्टी सुदृढीकरणलाई ध्यानमा राख्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई भूगोल र विभागको जिम्मेवारी सुम्पेको जनाएको छ । जसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् भने  उपाध्यक्षहरूलाई विभिन्न विभाग र क्षेत्रको समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

कार्य विभाजन अनुसार महासचिव शंकर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप