मदिराको अन्तःशुल्क दरमा वृद्धि : कुनमा कति बढ्यो ?
सारांश
- सरकारले आर्थिक विधेयक २०८३ मार्फत मदिराजन्य पेय पदार्थको अन्तःशुल्क दरमा वृद्धि गरेको छ ।
- बियरको अन्तःशुल्क प्रति लिटर १५ रुपैयाँले बढेर २५५ रुपैयाँ पुगेको छ भने अल्कोहल रहित बियरको कर शतप्रतिशतले बढेर ९० रुपैयाँ पुगेको छ ।
- वाइनको हकमा १२ देखि १७ प्रतिशत अल्कोहल भएकोमा ४९० रुपैयाँ र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएकोमा ५७० रुपैयाँ अन्तःशुल्क कायम गरिएको छ ।
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको आर्थिक विधेयक आर्थिक विधेयक २०८३ मार्फत मदिराजन्य पेय पदार्थको अन्तःशुल्क दरमा वृद्धि गरेको छ । कानुन आयोगले सार्वजनिक गरेको पुरानो दररेट र नयाँ विधेयकको दररेट तुलना गर्दा बियर, वाइन र कम शक्ति भएका मदिराको कर बढाइएको छ ।
बियरको अन्तःशुल्कमा प्रति लिटर १५ रुपैयाँसम्म वृद्धि गरिएको छ । चालु वर्ष प्रति लिटर २४० रुपैयाँ रहेकोमा रहेकोमा नयाँ विधेयकले यसलाई बढाएर २५५ पुर्याएको छ ।
अल्कोहल रहित बियरमा शतप्रतिशत वृद्धि भएको छ । पहिले प्रति लिटर ४५ रुपैयाँ रहेकोमा अहिले ९० रुपैयाँ पुर्याइएको छ । छ्याङ (कन्ट्री बियर) पहिले प्रति लिटर ४८ रुपैयाँ रहेकोमा अब ५० रुपैयाँ कायम गरिएको छ ।
वाइनको अन्तःशुल्कमा पनि वृद्धि गरिएको छ । १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वाइन पहिले प्रति लिटर ४६० रुपैयाँ रहेकोमा अहिले ४९० रुपैयाँ पुगेको छ । १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनको अन्तःशुल्क पहिले प्रति लिटर ५३५ रुपैयाँ रहेकोमा अहिले ५७० रुपैयाँ पुर्याइएको छ ।
सेम्पेन, सेरी, साके पहिले प्रति लिटर ५१६ रहेकोमा नयाँ अन्तःशुल्क दररेट अनुसार ५४० देखि ५७० सम्म (प्रकार हेरी) कायम गरिएको छ ।
तर उच्च गुणस्तरका र धेरै अल्कोहल भएका प्रिमियम’ ब्रान्डका कडा मदिरा (ह्विस्की, ब्रान्डी, रम, भोड्का) मदिराको करमा भने खासै परिवर्तन गरिएको छैन, तर केही तल्लो तहका ब्रान्डमा वृद्धि देखिएको छ ।
१५, २५ र ३० यु.पी. शक्ति: यी तीन वटै श्रेणीका मदिराको कर पुरानै दरमा स्थिर राखिएको छ । १५ यु.पी. को रु. १,८६०, २५ यु.पी. को रु.१,३९० र ३० यु.पी.को रु. १,२९० प्रतिलिटर नै कायम छ । ४० यु.पी. शक्ति (३४.२३) अल्कोहल पहिले प्रति लिटर ६५० रुपैयाँ रहेकोमा नयाँ विधेयकले यसलाई ६९० रुपैयाँ पुर्याएको छ । ५० यु.पी. शक्ति (२८.५३) अल्कोहल पहिले प्रति लिटर ४५० रुपैयाँ रहेकोमा अहिले ४९० रुपैयाँ कायम गरिएको छ ।
मदिरा मिश्रित तयारी पेय ५ प्रतिशतसम्म अल्कोहल भएको पेयमा पहिले प्रति लिटर २४० रुपैयाँ रहेकोमा नयाँ दरमा २५५ रुपैयाँ पुर्याइएको छ ।
सरकारले विशेष गरी बियर र मध्यम स्तरका मदिरा (४० र ५० यु.पी.) को कर बढाएर राजस्व वृद्धिको लक्ष्य राखेको देखिन्छ । उच्च मूल्यका मदिराको दररेटमा भने स्थिरता कायम गरिएको छ ।
आयातित मदिराको हकमा अल्कोहलको मात्रामा १ प्रतिशतसम्मको तलमाथि भएमा सोही दरबन्दी लाग्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण