ईभीको करमा त्रुटि देखिएपछि अर्थ मन्त्रालयले वेभसाइटबाट हटायो आर्थिक विधेयक
शनिबार, १६ जेठ २०८३, १४ : ११
सारांश
- विद्युतीय सवारी साधनको कर दरमा त्रुटि देखिएपछि अर्थ मन्त्रालयले आर्थिक विधेयक २०८३ आफ्नो वेबसाइटबाट हटाएको छ ।
- आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि राखिएको विधेयकमा २० लाखदेखि ३० लाख मूल्य समूहको ईभीको भन्सार महसुल र पूर्वाधार लगानी शुल्क उल्लेख गरिएको थिएन ।
- मन्त्रालयले २० प्रतिशत पूर्वाधार शुल्क यथावत रहेको र सबै सवारीको भन्सार महसुल समान रहेको स्पष्ट पारेको छ ।
काठमाडौँ । आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । विद्युतीय सवारी साधनको (ईभी) को करको दरमा त्रुटि देखिएपछि मन्त्रालयले उक्त विधेयक आफ्नो वेभसाइटबाट हटाएको थियो ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपश्चात् आर्थिक विधेयक अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको विधेयकमा २० लाखदेखि ३० लाख मूल्य समूहको भन्सार महसुल र स्वच्छ पूर्वाधार लगानी शुल्क उल्लेख गरिएको थिएन ।
मन्त्रालयले उक्त दरको सवारीमा पूर्वाधार शुल्क २० प्रतिशत नै रहेको प्रष्टीकरण दिइसकेको छ । सबै सवारीको भन्सार महसुल समान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण