अपडेट
एसियन गेम्स छनोट : चीनविरुद्ध नेपालको कीर्तिमानी ब्याटिङ, ३१४ रनको विशाल लक्ष्य
कुशल भुर्तेलको शतकीय याेगदान, एकै ओभरमा ६ छक्का
आइतबार, १७ जेठ २०८३, ०९ : ०१
काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले चीनविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै विशाल योगफल तयार पारेको छ। सिंगापुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले विष्फोटक ब्याटिङ गर्दै निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर ३१३ रन खडा गरेको छ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सानदार शतकीय पारी खेले। उनले मात्र ४३ बलमा १२९ रन बनाए, जसमा ५ चौका र १६ वटा छक्का सामेल थिए। ३०० को स्ट्राइक रेटमा ब्याटिङ गरेका भुर्तेल चिनियाँ बलरमाथि पूर्ण रूपमा हाबी भए।
यस्तै कुशल मल्ल ४७ बलमा ८५ रन तथा रोहित पौडेल २१ बलमा ६९ रनमा अविजित रहे ।
चीनका बलरहरू नेपाली ब्याटरसामु निरीह देखिए। चीनका लागि देङ जिनकी र मा कियानचेङले १-१ विकेट लिए।
यसअघिको समाचारमा योगफलमा तलमाथि भएकोले सच्याइएको छ-सं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण