आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सहकारी पीडितलाई सरकारको कोषबाट पैसा बाँडिएको छैन : प्रधानमन्त्री

आइतबार, १७ जेठ २०८३, १४ : १३
आइतबार, १७ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले सहकारी पीडितलाई रकम सरकारी कोषबाट वितरण नगरिरहेको स्पष्ट पारेका छन् ।
  • समस्यामा रहेका सहकारीहरूको रकम सरकारले जम्मा गरेर कोष खडा गरेको र त्यही कोषबाट रकम अहिले पीडितहरूलाई वितरण गर्ने प्रक्रिया सुरु गरेको उनले बताए ।
  • सहकारीहरूबाट ३ करोड पैसा सरकारले जम्मा गरेर कोष बनाएको र अहिले ६० लाख बढी मात्रै पीडितलाई वितरण गरेको जानकारी दिए ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सहकारी पीडितलाई रकम सरकारी कोषबाट वितरण नगरिरहेको प्रस्ट पारेका छन् ।

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले समस्यामा रहेका सहकारीहरूको रकम सरकारले जम्मा गरेर कोष खडा गरेको र त्यही कोषबाट रकम अहिले पीडितहरूलाई वितरण गर्ने प्रक्रिया सुरु गरेको उनले बताए ।

उनले सहकारीहरूबाट ३ करोड पैसा सरकारले ल्याएर कोष बनाएको र अहिले ६० लाख बढी मात्रै पीडितलाई वितरण गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप