संसद्मा प्रश्नाेत्तर
प्रधानमन्त्रीकाे जवाफमा कांग्रेसकाे प्रश्न : नेपालले भारतको सीमा कहाँ मिचेको छ ?
आइतबार, १७ जेठ २०८३, १४ : ४४
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालले भारतको सीमा कहाँ मिचेको छ भन्दै जानकारी गराउन माग गरेको छ ।
- आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको जवाफमा प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए ।
- कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतको सीमा कहाँ मिचेको छ, यसबारे जानकारी गराउन माग गरेकी हुन् ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालले भारतको सीमा कहाँ मिचेको छ भन्दै जानकारी गराउन माग गरेको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको जवाफमा प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए । कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतको सीमा कहाँ मिचेको छ, यसबारे जानकारी गराउन माग गरेकी हुन् ।
‘प्रधानमन्त्रीज्यूले भारतले मात्रै होइन नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्नुभयो,’ प्रमुख सचेतक थापाले भनिन्, ‘नेपालले कहाँ मिचेको छ । त्यो जानकारी पाउनुपर्यो।’
यदि मिचेको स्थान छैन भने प्रधानमन्त्रीको भनाइ संसद्को रेकर्डबाट हटाउन पनि उनले माग गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण