रास्वपा सचिवालय बैठक
रास्वपाको सचिवालय बैठक भाेलि बिहान बस्ने
आइतबार, १७ जेठ २०८३, २२ : ५६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
- प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथिको छलफललाई लिएर संसदमा विपक्षी दलका सांसदहरूले विरोध गरेपछि रास्वपाको बैठक बस्न ढिलाइ भएको थियो ।
- संसद् बैठक लम्बिएका कारण निर्धारित समयमा बैठक बस्न नसकेपछि यसलाई भोलि बिहानका लागि सारिएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । आज बेलुका ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक अब भोलि (सोमबार) बिहान ८ बजे बस्ने भएको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथिको छलफललाई लिएर संसदमा विपक्षी दलका सांसदहरूले विरोध गरेपछि रास्वपाको बैठक बस्न ढिलाइ भएको थियो । संसद् बैठक लम्बिएका कारण निर्धारित समयमा बैठक बस्न नसकेपछि यसलाई भोलि बिहानका लागि सारिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार आठौँ रात अमेरिकाको इरानमाथि हवाई आक्रमण
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण