आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
रास्वपा बैठक

रास्वपाको भर्चुअल सचिवालय बैठक बस्दै, यस्ताे छ बैठककाे कार्यसूची

आइतबार, १७ जेठ २०८३, १८ : १७
आइतबार, १७ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार राति ८ बजे भर्चुअल रूपमा बस्दैछ।
  • बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, विभिन्न आयोग र विभागहरूको मनोनयन लगायत ९ वटा कार्यसूचीमा छलफल हुनेछ।
  • प्रदेश अधिवेशन, महाधिवेशन, विधान संशोधन र सङ्घीय सांसदहरूको पार्टी जिम्मेवारी जस्ता विषयमा पनि छलफल गरिनेछ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ। आइतबार राति ८ बजे (जेठ १७) सचिवालयको बैठक भर्चुअल रूपमा बस्ने भएको हो। 

बैठकमा विभिन्न ९ वटा कार्यसूचीमा छलफल हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। 

बैठकको कार्यसूची:

१. समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धमा ।

२. अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन ।

३. अनुशासनात्मक कारबाही सम्बन्धमा ।

४. प्रदेश अधिवेशन कार्यविधि सम्बन्धमा ।

५. महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति सम्बन्धमा ।

६. महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा ।

७. विधान संशोधन सम्बन्धमा ।

८. सङ्घीय सांसदहरूको पार्टी जिम्मेवारी सम्बन्धमा ।

९. विविध ।

क. जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धमा ।

ख. प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५% बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।

ग. सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप