प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई लिएर आशिकाले उठाइन् प्रश्न
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद आशिका तामाङले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल-भारत सीमाबारे दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएकी छन्।
- सांसद तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको भए त्यससम्बन्धी तथ्य र प्रमाण सार्वजनिक गर्न माग गरेकी छन्।
- उनले आजसम्म नेपालीले भारतले नेपालको भूमि अतिक्रमण गरेको सुनेको र बुझेको तर प्रधानमन्त्रीको भनाइपछि नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको बुझ्नुपर्ने अवस्था आएको बताएकी छन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदले प्रश्न उठाएका छन् । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद आशिका तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको भए त्यससम्बन्धी तथ्य र प्रमाण सार्वजनिक गर्न माग गरेकी हुन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेकी छन्, ‘प्रधानमन्त्रीज्यू, नेपालले भारतको कुन–कुन भूभाग अतिक्रमण गरेको छ, त्यससम्बन्धी तथ्य र प्रमाण सार्वजनिक गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। किनकि आजसम्म म लगायत अधिकांश नेपालीले भारतले नेपालको भूमि अतिक्रमण गरेको भन्ने तथ्य मात्र सुन्दै र बुझ्दै आएका थियौँ । तर प्रतिनिधिसभामा यहाँले व्यक्त गर्नुभएको धारणापछि नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ भन्ने बुझ्नुपर्ने अवस्था सिर्जना भएको छ।’
तामाङले नेपालले भारतको कुन भूभाग कहिले र कसरी अतिक्रमण गरेको हो, त्यसका प्रमाणसहित तथ्य सार्वजनिक गरिदिनुहुन अनुरोध गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण