गगन र विश्वप्रकाशले भने– प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक, संसद्लाई जवाफ दिनुपर्छ
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा समस्या सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा जवाफ मागेका छन् ।
- थापाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई देशको प्रधानमन्त्रीबाट गैरजिम्मेवार र अराजक कर्मको संज्ञा दिएका छन् ।
- शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीर र आपत्तिजनक भन्दै छिमेकीको सीमा मिचेको भन्ने भनाइको अर्थ के हो भनी प्रश्न गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा समस्या सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले जवाफ मागेका छन् ।
सोमबार लुम्बिनी प्रदेशको कार्यक्रममा सभापति थापा र उपसभापति शर्माले संसद्मा उभिएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।
‘प्रधानमन्त्रीले संसद्मा उभिएर जवाफ दिनुपर्छ । उहाँ व्यक्ति होइन, देशको प्रधानमन्त्री हो । सीमाको प्रश्न हल गर्ने विषयको नेतृत्व गर्नुपर्ने प्रधानमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिनु गलत मात्रै होइन अराजक कर्म हो’, थापाले भने ।
उनले प्रधानमन्त्रीबाट गम्भीर विषयलाई गिजोल्ने कार्य हुनु अत्यन्तै दुःखद भएको समेत बताए । कार्यक्रममा उपसभापति शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक भएको बताए ।
‘संसारको एकमात्र प्रधानमन्त्री जो देशको संसद्मा उभिएर भन्दै छ । मेरो देशले छिमेकीको सीमा मिचेको छ । यसको मतलब के अब हिसाब बराबर हो ?’, शर्माले प्रश्न गर्दै भने ।
प्रधानमन्त्री शाहले आइतबार संसद्मा प्रश्नोत्तरको क्रममा भारतले नेपालको मात्र होइन नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण