अमेरिकी उपविदेशमन्त्री साराद्वारा मन्त्री खनालसँग शिष्टाचार भेटवार्ता
सारांश
- अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
- भेटमा नेपाल-अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
- लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबिच विचार आदान प्रदान भएको थियो ।
काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री सारा बी.रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । उपविदेशमन्त्री रोजर्सले सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।
भेटमा नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेष गरी लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबिच विचार आदान प्रदान भएको थियो।
भेटवार्तामा दशकौँदेखि रहँदै आएको नेपाल–अमेरिका मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने तथा आर्थिक र जनस्तरीय सम्बन्धलाई मजबुत बनाउने विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ।
उपविदेशमन्त्री रोजर्स हाल दक्षिण तथा मध्य एसियाली भ्रमणका क्रममा नेपाल आएकी हुन् । नेपाल बसाइका क्रममा उनले विभिन्न सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा अमेरिकी कार्यक्रमका पूर्वविद्यार्थीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण