बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

महिलामाथि हातपात गरेको अभियोगमा रास्वपाका नेता पक्राउ

सोमबार, १८ जेठ २०८३, १९ : ३०
सोमबार, १८ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही महिलामाथि हातपात र कुटपिटको अभियोगमा जाजरकोटमा पक्राउ परेका छन्।
  • शाहीले जेठ १६ गते कुशे गाउँपालिका–६ स्थित स्वास्थ्य चौकीको भवनभित्र एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोप छ।
  • अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि शाहीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले नियन्त्रणमा लिई सात दिनको म्याद थप गरी हिरासतमा राखेको छ।

जाजरकोट । जाजरकोटमा एक महिलामाथि हातपात र कुटपिट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रास्वपाका कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही रहेका छन्।

गत जेठ १६ गते बिहान ८ बजेतिर कुशे गाउँपालिका–६ घरङ्गास्थित स्वास्थ्य चौकीको भवनभित्र शाहीले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोप छ ।

महिलामाथि दुर्व्यवहार भएको उजुरीका आड्ढारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिर कुमार खड्काले शाहीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए । 

उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको खड्काले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप