सुदूरपश्चिम विश्वविद्यालयमा चार संकायका लागि नयाँ डीन नियुक्त
मङ्गलबार, १९ जेठ २०८३, ०९ : ३१
सारांश
- सुदूरपश्चिम विश्वविद्यालयमा चार संकायका लागि नयाँ डीन नियुक्त गरिएको छ।
- निमित्त उपकुलपति प्राध्यापक डा। यज्ञराज पाठकले चार जना प्राध्यापकलाई डीन पदमा नियुक्त गरेका हुन्।
- विज्ञान तथा प्रविधि, व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र र शिक्षा शास्त्र संकायमा नयाँ डीन नियुक्त भएका छन्।
कैलाली । सुदूरपश्चिम विश्वविद्यालयमा विभिन्न संकायका लागि नयाँ डीन नियुक्त गरिएको छ। सोमबार विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक डा। यज्ञराज पाठकले चार जना प्राध्यापकलाई डीन पदमा नियुक्त गरेका हुन्।
नियुक्त हुनेमध्ये प्राध्यापक डा. भवानी चन्द ठकुरीलाई विज्ञान तथा प्रविधि संकायको डीनको जिम्मेवारी दिइएको छ। त्यसैगरी कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक केशवराज भट्टलाई व्यवस्थापन संकायको डीनमा नियुक्त गरिएको छ।
मानविकी तथा सामाजिक शास्त्र संकायको डीनमा प्राध्यापक सुरेश सिंह भण्डारीलाई नियुक्त गरिएको छ भने शिक्षा शास्त्र संकायको डीनमा सहप्राध्यापक लाल सिंह कार्कीलाई जिम्मेवारी दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण