पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविलाई भव्य स्वागत
मङ्गलबार, १९ जेठ २०८३, ११ : ४८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् ।
- उनलाई भाजपा मुख्यालयमा बाजागाजा र पुष्प वर्षासहित स्वागत गरिएको छ ।
- उनले भाजपाका अध्यक्ष जेपी नड्डा लगायतका पदाधिकारीसँग भेटवार्ता गर्नेछन् ।
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् । मुख्यालयमा पुगेपछि उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको छ ।
मुख्यालयमा उनलाई पार्टीका अध्यक्ष नितिन नवीन लगायतका पदाधिकारीले स्वागत गरेका छन् । मुख्यालयको अवलोकन गरेपछि भाजपाका अध्यक्ष नितिनसँग दुई पक्षीय भेटवार्ता हुनुको साथै अन्य पदाधिकारीसँग पनि भेटघाट हुने बताइएको छ ।
भाजपाकै मुख्यालयमा भारतीय विदेशमन्त्री एस.जयशंकारसँग भेटघाट हुने बताइएको छ । आजै भाजपाको मुख्यालयले रविको नाममा रात्रिभोजको आयोजना गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण