रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत
मङ्गलबार, १९ जेठ २०८३, १९ : १५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी मनोनीत भएका छन् ।
- पार्टी सचिवालयको सोमबार बसेको बैठकले काठमाडौँ निवासी केसीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
- यसअघि उनी सोही आयोगका सदस्य थिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी मनोनीत भएका छन् ।
पार्टी सचिवालयको सोमबार बसेको बैठकले काठमाडौँ निवासी केसीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले मनोनयन पत्र हस्तान्तरण गर्दै केसीलाई नयाँ जिम्मेवारीको बारेमा औपचारिक जानकारी दिएका छन् ।
काठमाडौँ क्षेत्र नं. ५ (ख) का पार्टी सदस्य समेत रहेका केसीलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली र कार्यविधि बमोजिम पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास पार्टीले लिएको छ । यसअघि उनी सोही आयोगका सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण