आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

भूमि समस्या समाधान समितिको अध्यक्षमा बास्तोला नियुक्त

मङ्गलबार, १९ जेठ २०८३, १३ : ४२
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त भएका छन् ।
  • मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
  • समितिको सदस्य पदमा अमिर प्रसाद न्यौपाने, पद्मिनी सोती र डा रेहना श्रेष्ठलाई पनि नियुक्त गर्ने निर्णय भएको छ ।

काठमाडौँ । भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला नियुक्त भएका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका उनलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

सोही समितिको सदस्य पदमा अमिर प्रसाद न्यौपाने (काठमाडौँ), पद्मिनी सोती (लमजुङ) र डा रेहना श्रेष्ठ (काठमाडौँ)लाई नियुक्ति गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप