आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धलशमशेरबिच छलफल

मङ्गलबार, १९ जेठ २०८३, १७ : ४०
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • राप्रपा परित्याग गरेका नेता धवलशमशेर राणा र दुर्गा प्रसाईंबीच नयाँ पार्टी बनाउने विषयमा छलफल भएको छ ।
  • भेटमा दुई नेताबीच मिलेर जाने विषयमा सहमति जुटेको स्रोतले दाबी गरेको छ ।
  • मलमास सकिएसँगै राष्ट्रवादी भावना बोकेको नयाँ पार्टी घोषणाको तयारी गरिएको छ ।

काठमाडौँ । राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउने तयारीमा जुटेका नेता धवलशमशेर राणाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंबिच मंगलबार भेटवार्ता भएको छ । 

भेटका क्रममा मिलेन जाने विषयमा दुई नेताबिच सहमति भएको स्रोतको दाबी छ । यद्यपि पार्टीको नाम के राख्ने र कसरी धेरैभन्दा धेरैलाई पार्टीमा सहभागी गराउने भन्नेबारे भने क्रमशः छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी बनेको स्रोतको भनाइ छ । 

राणाले प्रसाईंसमेतसँग मिलेर नयाँ पार्टी घोषणा गर्नेगरी गृहकार्य अघि बढाएका छन् । अहिले मलमास रहेकाले मलमास सकिएसँगै राष्ट्रवादी भावना बोकेको पार्टी घोषणा तयारी गरिएको स्रोतको भनाइ छ । नयाँ पार्टी राजावादी र जेनजीको भावना बोक्न सक्नेखालको हुने दाबी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप