१९ लाख बढी मूल्यको फर्सीको बीउ बरामद
सारांश
- सिरहा प्रहरीले करिब १९.६ लाखको अवैध फर्सीको बीउ बरामद गर्यो।
- नेपालबाट भारततर्फ निकासी गर्न लागिएको बीउ हरिदेव दासको घरबाट फेला पर्यो।
- बरामद बीउ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले झन्डै साढे १९ लाख रुपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्नका लागि लुकाई छिपाइ राखिएको अवस्थामा प्रहरीले उक्त परिमाणको बीउ बरामद गरेको हो ।
विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार बेलुका बरियारपट्टी गाउँपालिका–२ बस्ने हरिदेव दासको घरमा छापा मारेको थियो । नीज दासको घरमा खानतलासी गर्दा घरको ‘प्यासेज’मा लुकाई छिपाइ राखेको अवस्थामा प्रतिबोरा २८ हजार बजार मूल्य पर्ने कुल ७० बोरा फर्सीको बीउ (बियाँ) फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको उक्त फर्सीको बीउको कुल मूल्याङ्कन रु १९ लाख ६० हजार रुपैयाँ कायम गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार बरामद सामानलाई आवश्यक कारबाहीका लागि आज भन्सार कार्यालय माडर, सिरहामा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण