दिल्लीको एक रेस्टुरेन्टमा आगलागी, २१ जनाको मृत्यु
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् । प्रहरीका अनुसार घटनामा विदेशी नागरिकहरू पनि थिए । केही दक्षिण एसियाली देशका नागरिकहरू रहेको बताइएको छ।
प्रारम्भिक जानकारी अनुसार उक्त बहुतले जला भवनलाई नजिकैको निजी अस्पतालमा उपचार गराइरहेका बिरामी र उनका आफन्तका लागि बेड–एन्ड–ब्रेकफास्ट (आवास सुविधा)का रूपमा प्रयोग गरिँदै आएको थियो ।
दमकल विभागका अनुसार आगो चाँडै निभाइएकाे थियाे । अहिले भवनलाई खाली गराएर प्रहरीलाई अनुसन्धानका लागि जिम्मा दिइएको छ ।
दमकल अधिकृत ए के मलिकका अनुसार अहिले उद्धार तथा खोजी कार्य जारी छ । ४० भन्दा बढी मानिसलाई भवनबाट उद्धार गरी अस्पताल पठाइएको छ । घटनाको समयमा भवनभित्र कति जना थिए भन्ने यकिन भइसकेको छैन ।
आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन । दिल्ली प्रशासनले भवनसँग आवश्यक अनुमति थियो वा थिएन भन्नेबारे पनि अनुसन्धान गरिरहेको छ ।
दिल्लीका मन्त्री अशिष सुद ले नियम उल्लङ्घन भएको पाइए दोषीमाथि आपराधिक कारबाही गरिने बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार आगो निकै छिटो फैलिएको थियो, जसका कारण मानिसहरू माथिल्लो तलामा फसेका थिए। केहीले झ्यालबाट हाम फालेर ज्यान जोगाउने प्रयास गरेका थिए भने स्थानीयले गद्दा राखेर उद्धारमा सहयोग गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण