‘मालती मंगले’ प्रदर्शनका लागि अमेरिका उडे रामकृष्ण ढकाल
काठमाडौँ । गायक रामकृष्ण आफूले निर्माण गरेको फिल्म ‘मालती मंगले’ प्रदर्शनका लागि अमेरिका प्रस्थान गरेका छन् । उनी तीन सातासम्म अमेरिका रहेर विभिन्न सहरमा सांगीतिक प्रस्तुतिसहित फिल्म प्रदर्शनमा सहभागी हुनेछन् ।
जसअनुसार पहिलो कार्यक्रम जुन ५ मा बोस्टनमा आयोजना हुने र जुन ६ मा न्यु ह्याम्पसायरमा हुने गायक तथा निर्माता ढकालले रातोपाटीलाई बताए । त्यसपछि नर्थ क्यारोलाइना, टेक्सस लगायत राज्यका केही सहरमा पनि ‘मालती मंगले’को प्रदर्शन तथा सांगीतिक कार्यक्रम हुनेछ ।
अमेरिकामा प्रदर्शनपछि क्यानाडामा केही कार्यक्रम र फिल्म प्रिमियर हुने र त्यसपछि अस्ट्रेलियाको टुरमा निस्किने ढकालले बताए । जसअनुसार आगामी जुलाई ४ मा सिड्नीको पारमाटा रोडस्थित ग्रान्ड प्यालेस सेन्टरमा रेड कार्पेटसहितको प्रिमियर शो हुनेछ ।
विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको मुख्य भूमिका रहेको फिल्म वैशाख २५ गतेदेखि नेपालमा प्रदर्शनमा आएको हो । नेपाल रिलिजको दोस्रो सातादेखि फिल्म अमेरिकाका विभिन्न सहरमा समेत प्रदर्शन भइरहेको छ । चाँडै युरोपेली मुलुक र जापानमा पनि रिलिज गर्ने तयारी भइरहेको निर्माता ढकालले जानकारी दिए ।
अभावबिच पनि आत्मीय प्रेमले हाँसीखुसी जीवन बिताइरहेको ग्रामीण दम्पतीको जीवनमा जब सामाजिक भ्रमले कब्जा जमाउँछ, तब आपसमा आउने असमझदारी र उतारचढावको कथा ‘मालती मंगले’ले प्रस्तुत गर्छ ।
रानी फिल्म्सको प्रस्तुति रहेको ‘मालती मंगले’मा प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम, सुस्मा निरौला र सरिता गिरी तथा बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटाले समेत अभिनय गरेका छन् । फिल्ममा रोशन विश्वकर्माको कोरियोग्राफी, महेश पौडेलको छायांकन, रोमी मोसेजको सम्पादन र संयोग गुरागाईंको पटकथा तथा संवाद छ । मनोज जोशीले कला निर्देशन गरेका छन् भने कार्यकारी निर्माता सागर ज्ञवाली हुन् ।
नेपाली सुगम संगीत र पार्श्व गायनका प्रसिद्ध गायक रामकृष्ण ढकालले अढाइ दशकअघि आफ्नै सांगीतिक संघर्षमा आधारित फिल्म ‘आशीर्वाद’मा अभिनय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण