बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा

बिहीबार, २१ जेठ २०८३, १० : ०८
बिहीबार, २१ जेठ २०८३

सारांश

  • गण्डकी प्रदेश नीति तथा योजना आयोगकी सदस्य दुर्गा लामिछानेले व्यक्तिगत कारणले राजीनामा दिएकी छिन् ।
  • सरकार बजेट निर्माणको तयारीमा जुटिरहेका बेला आयोग सदस्य विहीन भएको छ ।
  • लामिछानेले व्यक्तिगत र व्यावसायिक व्यस्तताका कारण आयोगको जिम्मेवारीमा पूर्ण समय दिन नसक्ने भन्दै मुख्यमन्त्रीलाई राजीनामा बुझाएकी हुन् ।

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगकी सदस्य दुर्गा लामिछानेले राजीनामा दिएकी छिन् । सरकार बजेट बनाउने चटारोमा छ । असार १ गते प्रस्तुत हुने बजेटका लागि मन्त्रालयगत छलफल तीव्र भइरहेको छ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिसकेको छ । तर, नीति तथा कार्यक्रम र बजेट निर्माणमा प्रमुख भूमिका हुने नीति तथा योजना आयोग भने सदस्य विहीन भएको छ । सदस्य लामिछानेले व्यक्तिगत कारण देखाएर राजीनामा दिएकी हुन् । उनले जेठबाटै लागू हुने गरी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा पत्र बुझाएकी हुन् ।

व्यक्तिगत र व्यावसायिक व्यस्तताका कारण आफूले आयोगको जिम्मेवारीमा पूर्ण रूपमा समय दिन नसक्ने अवस्था सिर्जना भएकाले पदबाट बाहिरिने निर्णय गरेको उनले लेखेकी छिन् । गण्डकीको नीति तथा योजना आयोगमा एक उपाध्यक्ष र दुईजना सदस्य रहने व्यवस्था छ ।

उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटा र सदस्य लामिछाने कांग्रेस कोटामा नियुक्त भएका हुन् । एमाले कोटाबाट नियुक्त भएका सदस्य डा. योगेन्द्रराज रिजाल कायम छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप