सार्वजनिक लेखा समिति बैठक
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
बिहीबार, २१ जेठ २०८३, १२ : १४
सारांश
- सार्वजनिक लेखा समितिको बैठक कोरम नपुगेपछि बस्दै नबसी स्थगित गरिएको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन र सदनको परिस्थितिका कारण सांसदहरू अनुपस्थित हुँदा कोरम पुग्न नसकेको सभापतिले बताए ।
- बैठकमा बेरुजु न्यूनीकरण र समितिको आन्तरिक कार्यविधिबारे छलफल गर्ने तय भएको थियो ।
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक कोरम नपुग्ने भएपछि बस्दै नबसी स्थगित गरिएको छ । समिति सभापति भरतबहादुर खड्काले कोरम नपुग्ने अवस्था देखिएपछि बैठक बस्दै नबसी स्थगित गरेको जानकारी दिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने र सदनमा पनि केही परिस्थिति सृजना भएकाले कोरम पुग्ने अवस्था देखिएन । त्यही भएर बस्दै नबसी स्थगित गर्यौँ,’ सभापति खड्काले रातोपाटीसँग भने, ‘अर्का सूचना नभएसम्मका लागि भन्दै स्थगित गरेको छु । सदन २५ गतेका लागि बोलाइएको छ । २६ या २७ गतेतिर बोलाउने तयारी छ । तोकिएको छैन ।’
बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषय र समितिको आन्तरिक कार्यविधि सम्बन्धमा छलफल गर्ने विषयवस्तु तय गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण