आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले आज र भोलि देशभर जिल्ला अधिवेशन गर्दैछ ।
- आज ३६ जिल्लामा अधिवेशन हुन गइरहेको छ ।
- पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन अगावै ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक नीति अनुरूप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम आज र भोलि देशभर जिल्ला अधिवेशन हुँदै छन् ।
आज देशका विभिन्न ३६ जिल्लामा अधिवेशन हुन गइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
कोशी प्रदेशका ८ जिल्लाहरू झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा र सुनसरी, मधेशका २ जिल्ला महोत्तरी र रौतहट, बागमती प्रदेशका ८ जिल्ला दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे सिन्धुपाल्चोक र सिन्धुली, गण्डकी प्रदेशका ५ जिल्लाहरू स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दीमा आज अधिवेशन हुने भएको छ । त्यस्तै लुम्बिनी प्रदेशका ८ जिल्ला गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका २ जिल्ला कालिकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका ३ जिल्ला बैतडी, बझाङ र दार्चुलामा पनि आजै अधिवेशन हुनेछ ।
भोलि कोशी प्रदेशका ४ जिल्ला उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाम, मधेश प्रदेशका ४ जिल्ला सिराहा, धनुषा, पर्सा र सर्लाही, बागमती प्रदेशका २ जिल्ला चितवन र ललितपुर, गण्डकी प्रदेशका ४ जिल्ला तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका ३ जिल्ला अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णाली प्रदेशका ६ जिल्ला
सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला, सुदूरपश्चिम प्रदेशका ६ जिल्ला अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुने भएको छ । संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेठ २६ गते हुँदैछ।
प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने पार्टीको तयारी छ । योसँगै पार्टीको मुख्य सङ्गठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी ११ जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात् क्रमशः गर्नेछ ।
जेठ २६ गते देखि सात प्रदेशको अधिवेशनको तयारी भइरहेको छ। जेठ २६ गते पहिलो प्रदेश अधिवेशनको रुपमा बाग्मती प्रदेशबाट सुरु हुने बुर्लाकोटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण