आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह

आइतबार, ३१ जेठ २०८३, १९ : ४२
आइतबार, ३१ जेठ २०८३

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालले चीनमा रहेका नेपाली समुदायलाई राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।
  • बेइजिङमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले सुशासन, आर्थिक समृद्धि र विकास वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताए।
  • भ्रमणका क्रममा मन्त्री खनालले वृक्षारोपण गर्नुका साथै दूतावासका अधिकारीहरूबाट कार्यसम्पादनबारे जानकारी लिएका थिए।

काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा आइतबार चीनको राजधानी बेइजिङ पुगेका परराष्ट्रमन्त्री शिशिर खनाललाई त्यहाँको नेपाली दूतावासले स्वागत कार्यक्रम आयोजना गरेको छ ।

बेइजिङ पुगेपछि परराष्ट्रमन्त्री खनालले नेपाली दूतावासद्वारा उनको सम्मानमा आयोजित स्वागत कार्यक्रममा सहभागिता जनाउँदै त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।

 कार्यक्रममा मन्त्री खनालले सुशासनको संस्थागत विकास, आर्थिक समृद्धि तथा विकासलाई वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गरेको नेपाली दूतावासले जनाएको छ। 

उनले राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन चीनमा रहेका नेपाली समुदायलाई आग्रह गरेका छन् ।

भ्रमणका क्रममा मन्त्री खनालले नेपाली दूतावास परिसरमा वृक्षारोपण पनि गरेका छन् । उनले दूतावासको कार्यसम्पादन र प्राथमिकताबारे कार्यवाहक राजदूत तथा अन्य अधिकारीहरूबाट जानकारी लिएका थिए।

सो अवसरमा मन्त्री खनालले चीनमा नेपालको हित प्रवर्द्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी र सहज सेवा उपलब्ध गराउन दूतावासलाई निर्देशन दिएका छन्।

बेइजिङको विमानस्थलमा उनलाई बेइजिङस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप