भारतीय हेलिकप्टरले हाम्रो आकाश प्रयोग गरेको बारेमा मौखिक कुरा गरेका छौँ : प्रजिअ दार्चुला
सारांश
- दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भारतीय आईटीबीपीका महानिर्देशक सवार हेलिकप्टर बिना अनुमति नेपाली आकाशमा प्रवेश गरेकोबारे भारतीय पक्षसँग मौखिक कुरा भएको बताएका छन् ।
- प्रजिअ पौडेलका अनुसार जेठ २७ गते व्यास गाउँपालिका–१ छाङरुको आकाश हुँदै कालापानीतर्फ गएको हेलिकप्टरमा आईटीबीपीका महानिर्देशक शत्रुजीतसिंह कपुर सवार थिए ।
- नेपालको भूभागमा हेलिकप्टर नउत्रिए पनि आकाश प्रयोग गर्दा पूर्व जानकारी गराउनुपर्ने भन्दै प्रजिअ पौडेलले एसबिएमसँग कुरा गरेको र आवश्यक परेमा लिखित पत्राचार गर्ने बताएका छन् ।
काठमाडौँ । भारतीय इन्डो–टिबटेन बोर्डर पुलिस ‘आईटीबीपी’का महानिर्देशक शत्रुजीतसिंह कपुर सवार हेलिकप्टर बिना अनुमति नेपाली आकाशमा प्रवेश गरेकोबारे भारतीय पक्षसँग कुरा भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारीले दाबी गरेका छन् । दार्चुलाका प्रजिअ अनिल पौडेलले भारतसँग त्यसबारे मौखिक कुरा भएको बताए । उनले भने, ‘अनुमति बिना हाम्रो आकाश प्रयोग भएको घटना मौखिक रूपमा जानकारी गराएका छौँ ।’
दार्चुला सदरमुकाम खलङ्गा क्षेत्रमा पनि पहिले यस्ता घटना हुने गरेको उल्लेख गर्दै प्रजिअ पौडेलले भने, ‘हामीले यस्तो गर्न मिल्दैन भनेर भनिरहेका हुन्छौँ ।’
जेठ २७ मा बिहान दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुको आकाश हुँदै कालापानीतर्फ उडेको हेलिकप्टरमा इन्डो–टिबटेन बोर्डर पुलिस ‘आइटीबीपी’ का महानिर्देशक शत्रुजीतसिंह कपुर सवार रहेको बताइएको छ । प्रजिअ पौडेलले हेलिकप्टरमा सवार सुरक्षा प्रमुखबारे भने, ‘त्यसमा आइटीबीपीको चिफ सवार हुनुहुन्थ्यो भन्ने छ ।’
नेपालको भूभागमा ल्यान्ड नगरे पनि आकाश प्रयोग गर्दा पूर्व जानकारी गराउनुपर्ने प्रजिअ पौडेलले बताए । उनले भने– ‘यसबारे एसबिएमसँग कुरा गरेका छौँ, आवश्यक परेमा लिखित पत्राचार पनि गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० अर्ब डलरमा एआई कोडिङ कम्पनी ‘कर्सर’ किन्दै एलन मस्क
-
यी हुन् रास्वपाका संस्थापक सदस्य, प्रथम महाधिवेशनमा देखिने छैनन् चर्चित अनुहार
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
-
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिएकोमा पूर्वउर्जामन्त्री घिसिङद्वारा धन्यवाद व्यक्त
-
लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य अवकाशमा
-
डीपसिकसहित सयभन्दा बढी चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्न अमेरिकाको ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण