प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्
सोमबार, ०१ असार २०८३, १४ : ५५
सारांश
- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाहलाई मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाव दिएका छन् ।
- उनले पूर्वाधार मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै यो सुझाव दिएका हुन् ।
- शर्माले प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउन आग्रह गर्दै यस्तै समाजतर्फ जाँदैछौँ भन्ने प्रश्न गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन् ।
हालै पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङको सडक अनुगमनका क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उपसभापति शर्माले प्रधानमन्त्री बालेन शाहलाई भिडियो सन्देशमार्फत मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाव दिएका हुन् ।
‘हामी यस्तै समाजतर्फ जाँदैछौँ ? प्रधानमन्त्रीज्यु यदि जाँदै छैनौँ भने कम्तीमा आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्’ शर्माले भिडिओ सन्देशमा भनेका छन् । उनले चुनावका बेला हालका प्रधानमन्त्रीले समेत रुखमा बाँध्नु भनेको स्मरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमण तीव्र, पाँच महिनामा एक हजार बढीको मुत्यु : संयुक्त राष्ट्रसङ्घ
-
रोजगार मेलामार्फत १६४ लाई रोजगारी
-
‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’
-
गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि
-
अपराजित यात्रा कायाम राख्ने दाउमा बेल्जियम, सलाहको इजिप्टसँग कस्तो छ हेड-टु-हेड?
-
छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण