मधेसका पर्यटकीय स्थलहरूमा आरामदायी बस सेवा सञ्चालनमा ल्याइने
सारांश
- मधेसका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूलाई जोडेर मधेस धार्मिक सर्किट निर्माण गरिने भएको छ ।
- पर्यटकीय स्थलहरूमा आरामदायी बस सेवा सञ्चालनमा ल्याइने तथा लुम्बिनी, जनकपुरधाम र अयोध्यालाई जोड्दै क्रस बोर्डर टुरिज्मको विकास गरिने योजना छ ।
- प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न मधेस प्रहरी ऐन ल्याइने र विपद् व्यवस्थापनका लागि प्रादेशिक विपद् पुनर्स्थापना कोष स्थापना गरिने भएको छ ।
जनकपुरधाम । जनकपुरधामको जानकी मन्दिर, बाराको गढीमाई, पर्साको पर्सा वन्यजन्तु आरक्ष, सप्तरीको छिन्नमस्ता, महोत्तरीको रौजा मजार तथा रौतहटको शिवनगरलाई जोडेर मधेस धार्मिक सर्किट निर्माण गरिने भएको छ ।
सोमबार मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । पर्यटकीय स्थलहरूमा आरामदायी बस सेवा सञ्चालनमा ल्याइने समेत अर्थमन्त्री भट्टराईले जानकारी दिए ।
त्यसैगरी लुम्बिनी, जनकपुरधाम र अयोध्यालाई जोड्दै क्रस बोर्डर टुरिज्मको विकास गरिने सरकारको योजना छ । विपद्को समयमा उद्धार तथा पुनर्स्थापनाका लागि प्रादेशिक विपद् पुनर्स्थापना कोष स्थापना गरिने भएको छ । प्राकृतिक तथा अन्य विपद्का बेला प्रभावकारी उद्धार र पुनर्स्थापना कार्यलाई व्यवस्थित बनाउन उक्त कोष स्थापना गर्ने नीति लिइने जनाइएको छ ।
यस्तै, प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न मधेस प्रहरी ऐन ल्याइने तथा मधेस प्रहरी भर्ना अभियान चलाइने भएको छ । प्रदेशको सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरिने सरकारको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमण तीव्र, पाँच महिनामा एक हजार बढीको मुत्यु : संयुक्त राष्ट्रसङ्घ
-
रोजगार मेलामार्फत १६४ लाई रोजगारी
-
‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’
-
गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि
-
अपराजित यात्रा कायाम राख्ने दाउमा बेल्जियम, सलाहको इजिप्टसँग कस्तो छ हेड-टु-हेड?
-
छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण