सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
सेयर बजार

सेयर बजारमा १२.२६ अङ्कको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार

सोमबार, ०१ असार २०८३, १५ : १३
सोमबार, ०१ असार २०८३

सारांश

  • साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.२६ अङ्कले घटेर २ हजार ७११.७६ विन्दुमा कायम भएको छ।
  • आज कूल ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ बराबरको कारोबार भएको छ।
  • आज फाइनान्स, अन्य र ट्रेडिङ क्षेत्र एक प्रतिशत भन्दा धेरैले घटेको छ।

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आज नेप्से परिसूचक १२.२६ अङ्कले घटेर २ हजार ७११.७६ विन्दुमा कायम भएको हो । आज बजारमा कूल ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिदबिक्री भएका छन्। आज कूल ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ७३ वटाको मूल्य बढेको छ भने १८८ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

आजको बजारमा सोपान फर्मास्युटिकल्स र अपोलफ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यी दुवै कम्पनीको सेयर मूल्यमा १४.९९ प्रतिशतको उछाल आएको छ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। यस कम्पनीको ३८ करोड ८५ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

दोस्रो स्थानमा नेपाल बैंक डिबेन्चर २०८५ को २७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंक २२ करोड ८८ लाखको कारोबारसहित तेस्रो स्थानमा छ।

समूहगत रूपमा आज सबै समूहका सूचक घटेका छन् । आज फाइनान्स, अन्य र ट्रेडिङ क्षेत्र एक प्रतिशत भन्दा धेरैले घटेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप