गण्डकीले पहिल्याउन सकेन आफ्नै खुट्टामा उभ्याउने बजेटको स्रोत
सारांश
- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेको छ, तर आफ्नै खुट्टामा उभ्याउने स्रोत खोज्न सकेको छैन ।
- सरकार सङ्घीय सरकारको अनुदानमा निर्भर छ, जसले गर्दा आन्तरिक आम्दानी र ऋण कार्यक्रम कार्यान्वयनमा चुनौती छ ।
- उत्पादक क्षेत्रमा लगानी, औद्योगिकीकरण, कृषि र जलवायु परिवर्तन जस्ता कारकहरूले प्रदेश विकासमा बाधा पुर्याएको छ ।
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरिरहेको छ । हालसम्म ८ वटा बजेट कार्यान्वयन गरिसकेको सरकारले हालसम्म आफ्नै खुट्टामा उभ्याउने स्रोत खोज्न सकेको छैन । अझै सङ्घ सरकारको अनुदानमै भर पर्नुपर्ने अवस्था रहेको अर्थमन्त्री जितबहादुर शेरचनले बताए ।
चालू वर्षमा पनि सरकारले करिब ३ अर्ब मात्रै आन्तरिक आम्दानी गर्ने जनाएको छ । करिब ३२ अर्बको बजेटमध्ये ठुलो हिस्सा सङ्घबाट आउने अनुदानमा निर्भर छ भने बजेटमा राखिएको आन्तरिक ऋण लिने कार्यक्रम कार्यान्वयन गर्न सकेको छैन ।
खर्चको आवश्यकता बढे पनि आन्तरिक राजस्व अपेक्षित रूपमा विस्तार हुन नसकेको र यसका लागि नीतिगत सुधार आवश्यक रहेको उनले बताए ।
‘प्रदेश सरकारको स्रोतको ठुलो हिस्सा अझै पनि सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ,’ उनले भने, ‘उत्पादक क्षेत्रमा अपेक्षित लगानी हुन नसक्नु, सुस्त औद्योगिकीकरण, कृषिमा युवाहरूको न्यून आकर्षण र जलवायु परिवर्तनजन्य प्राकृतिक जोखिमहरूलाई प्रदेश विकासका मुख्य बाधा हो ।’
उनले चालु खर्चलाई सीमाभित्र राखी पुँजीगत खर्च बढाउन नसक्नु र आन्तरिक राजस्वको दायरा सीमित हुनुलाई प्रमुख चुनौती रहेको सुनाए । आगामी वर्षमा भने उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गर्ने रणनीति सरकारले तय गरेको उनले सुनाए ।
शेरचनले सार्वजनिक सेवालाई छिटो, छरितो, सर्वसुलभ र प्रभावकारी बनाउन शासकीय प्रणालीमा सदाचार र पारदर्शिता प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारामा यसरी समेटियो बागमती सरकारको बजेट
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
बजेटअघि सुदूरकाे सत्ता गठबन्धनमा किचलो, बल्ल सुरु भयो मन्त्रिपरिषद् बैठक
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण