राजेन्द्र राईले दोस्रो पटक स्थगित गराए प्रतिनिधिसभा बैठक
सोमबार, ०१ असार २०८३, १७ : ३४
सारांश
- बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरु उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
- सांसद राजेन्द्र राईले सबै मन्त्री उपस्थित नभई नबोल्ने अडान लिएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् ।
- यसअघि पनि अर्थमन्त्री अनुपस्थित हुँदा सांसद राईले बैठक स्थगित गराएका थिए ।
काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरु उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।
आज ९ वटा मन्त्रालयको छलफलको कार्यसूची थियो । तर, छलफलमा सहभागी सांसदले सबै मन्त्री उपस्थित हुनैपर्ने अडान लिएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् ।
छलफलमा सहभागी हुनका लागि सांसद राजेन्द्र राई रोस्टममा पुगेका थिए । तर, उनले सबै मन्त्री उपस्थित नभई नबोल्ने भनेपछि प्रतिनिधिसभा बैठक रोकिएको हो ।
यसअघि राईले बोल्दै गर्दा अर्थमन्त्री नभएपछि उनले नबोल्ने अडान लिएका थिए । सोही कारण त्यतिबेला पनि बैठक स्थगित भएको थियो ।
अहिले राईकै माग बमोजिम दोस्रो पटक बैठक स्थगित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण