मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
सारांश
- कप्तान लियोनेल मेसीको ह्याट्रिक मद्दतले अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को छनोटमा अल्जेरियालाई ३-० ले पराजित गरेको छ।
- मेसीले १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
- उपाधिको दावेदार अर्जेन्टिनाले प्रतियोगितामा शानदार सुरुवात गरेको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै प्रतियोगिताको शानदार सुरुआत गरेको छ।
कप्तान लियोनेल मेसीले खेलको सबैभन्दा ठूलो प्रभाव छोडे। उनले १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र अर्जेन्टिनाको जित सुनिश्चित गरे।
सुरुआतमै अफसाइडका कारण एक गोल खारेज भए पनि पछि उनले लगातार तीन गोल गर्दै खेल आफ्नो कब्जामा लिए।
अल्जेरियाले पहिलो हाफ र दोस्रो हाफको बीचतिर केही आक्रमण प्रयास गरे पनि अर्जेन्टिनाको रक्षापंक्तिलाई भेद्न सकेन। VAR ले पनि उनीहरूको एक प्रारम्भिक गोल अफसाइड ठहर गर्दै रद्द गरिदिएको थियो, जसले खेलको मोड नै परिवर्तन गर्यो।
मेसीको ऐतिहासिक प्रदर्शनसँगै उपाधिको दावेदार मानिएको अर्जेन्टिनाले जबरदस्प उपस्थिति देखाएको छ ।
ह्याट्रिकसँगै मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेसीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानी बराबरी गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण