३७ दिनमा सकियो अक्षराको छायाङ्कन
सारांश
- विनयराज पौडेल निर्देशित फिल्म 'अक्षरा'को छायाङ्कन पूर्व निर्धारित कार्यतालिका अनुसार ३७ दिनमा सकिएको छ ।
- फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल लगायतका कलाकारहरूको मुख्य भूमिका छ ।
- क्षित बाबु प्रोडक्सनले निर्माण गरेको यस फिल्म आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
काठमाडौँ । विनयराज पौडेलको निर्देशन रहेको फिल्म ‘अक्षरा’को छायाङ्कन सकिएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार नै फिल्म ३७ दिनमा सकिएको हो । निर्देशक पौडेलले सबैको बलियो सहकार्य र मिहिनेतले तोकिएकै समयमा फिल्मको सुटिङ सकिएको बताए ।
सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन् ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । फिल्मको निर्माण उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको छ ।
दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व रहेको फिल्म आगामी भदौ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । फिल्मलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण